१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक:वनमन्त्री शाही



अ+ अ-

काठमाडौँ: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

वन्यजन्तु सरक्षण सङ्घ नेपालले यहाँ आयोजना गरेको ‘नेपालमा चक्रिय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ नामक सम्मेलनको उद्घाटन गर्दै मन्त्री शाहीले जलवायुजन्य सङ्कट सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण बाढीपहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, हिउँ पग्लने, पानीको मुहान सुक्ने, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याले विश्वकै अर्थतन्त्रमा असर गर्ने भएकाले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिनुभयो । “हामीले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि पनि संरक्षणमा काम गर्ने सबै दातृ निकायको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो, “अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा छ ।”

केही दिनअघि बाकुको अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) पनि जलवायु परिवर्तनले पु¥याएको असर र समाधानका लागि नेपालले पैरवी गरेर आएको मन्त्री शाहीले बताउनुभयो ।

वन्यजन्तु सरक्षण सङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सुभासचन्द्र खरेलले आजदेखि सुरु भएको सम्मेलन भोलि बुधबार सकिने जानकारी दिनुभयो । “सम्मेलनले सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र शैक्षिक जगतलाई एकसाथ अनुभव साट्न र नेपालको चक्रिय अर्थतन्त्र अभ्यासलाई प्रवर्द्धन गर्न सहकार्य तथा समन्वयात्मक मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ,” उहाँले भन्नुभयो, “सम्मेलनले नेपालको चक्रिय अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने साझेदारीलाई बढवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।”

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, दातृ निकायका प्रतिनधि, विभिन्न सङ्घ संस्था, चक्रिय अर्थतन्त्रमा आधारित उद्योग व्यवसाय, युवा उद्यमी, विद्यार्थी, पत्रकार, वातावरणविद, समाजसेवी लगायतको उपस्थिति छ । सम्मेलनमा विभिन्न शीर्षक अन्तर्गत ‘प्यानल’ छलफल समेत गरिने आयोजकले जनाएको छ ।रासस