७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने भएको छ । कात्तिक २ गते सहकारी ठगीमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याइएका उनलाई बयानका लागि काठमाडौँ ल्याइने भएको हो ।

हिजो (आइतबार) मात्रै लामिछानेलाई हिरासतमा राख्न थप १५ दिनको म्याद थपिएको थियो । हाल उनीविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

सङ्गठित अपराधमा ६० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन तर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भएकाले ९० दिनसम्म राख्न पाइने भएकाले म्याद थप भएको हो ।

पोखराको सूर्यदर्शन सहकारीसँगै रुपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि लामिछानेको संलग्नता भएको भन्दै उनलाई रुपन्देही पुर्‍याएर ३० घण्टासम्म बयान गरिएको थियो ।

त्यस्तै, जिल्ला अदालत काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याइने भएको हो ।