२२ मंसिर २०८२, सोमबार
,
Latest
न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट स्थानीय तह उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति



अ+ अ-

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ ।