१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट



अ+ अ-

एजेन्सी । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार भारतको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको छ ।

नोभेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ अर्ब अमेरिकी डलरले घटेर ६५७.८९२ बिलियन अमेरिकी डलरमा पुगेको रिजर्भ बैंकले जनाएको छ । सन् १९९८ मा आरबीआईले साप्ताहिक डाटा जारी गर्न थालेदेखि यो देशको विदेशी मुद्रा सञ्चितिमा भएको सबैभन्दा तिब्र गिरावट हो ।

विदेशी मुद्रा सञ्चितिमा भारी गिरावटको श्रेय भारतीय मुद्रा रुपैयाँलाई उकास्न आरबीआईले बजारमा अमेरिकी डलर छोडेको हो ।