२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा रासायनिक मलको चर्को अभाव



अ+ अ-

टीकापुर । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन् । बर्खे धानबालीमा रासायनिक मल हाल्न नपाएर उत्पादनमा ह्रास आएको हुनाले हिउँदे सिजनको बाली राम्रो उत्पादन लिने किसानका सपना मल अभावले अहिले पनि तुहिने सम्भावना बढेको छ । तोरी छर्ने बेलामा आवश्यक रासायनिक मल युरिया र डिएपी नपाउँदा उत्पादन नहुने हो कि भन्ने चिन्ता बढेको टीकापुर–१ का किसान सीता चौधरीले बताए। “मल अभाव छ, खेती गर्ने बेलामा मल नपाए उत्पादन हुँदैन”, उनले भने, “मानिसले वस्तुभाउ पाल्न पनि छाडिसके, वस्तुभाउको मल पनि पाउन सकिँदैन । यस्तो बेला कसरी खेती गर्नु ?”

खेतीपाती गर्ने बेलामा रासायनिक मल अभाव झेलेको किसान हिउँदे खेतीका लागि पनि मल अभावमै खेती गर्नुपर्ने परम्परागत बाध्यताजस्तै बनिसकेको छ । हिउँदे बालीअन्तर्गत गरिने खेती र तरकारी बालीका लागि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा हिउँदे बालीमा समेत उत्पादनमा कमी आउने टीकापुर–२ का रतनसिंह खड्काले बताए । “बजारमा मल नै छैन, किसानका लागि आवश्यक मल, बीउ र सिँचाइ सहज पाए पो खेतीपातीमा मन लाग्छ ।” सुभाष विकले विगतका वर्षमा खेतीका लागि आवश्यक मल भारतबाट ल्याउथिए । यस वर्ष सीमानाकामा कडाइ गरिएका कारण उहाँले पनि मल पाउनु भएन । “गतवर्ष सहजै भारतबाट मल ल्याइयो, यो वर्ष बर्खे खेतीका लागि पनि मल पाइएन”, उनले भने, “मैले त यस वर्ष मल नपाएकै कारण सबै खेतमा मसुरो छरेको छु । मसुरोका लागि मल नभए पनि खासै असर गर्दैन ।” विकले करिब एक बिघामा व्यावसायिक तरकारी खेती गर्थिए । यस वर्ष उनले आफूलाई खानका लागि मात्रै तरकारी लगाउने तयारी गरेका छन् । 

कृषि सामग्री कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयमा अहिले युरिया र डिएपी मलको मौज्दात शून्य छ । कृषि सामग्री कम्पनीसँग ३०० टन पोटासबाहेक अन्य रासायनिक मलको मौज्दात नरहेकाले तत्काल किसानले मल पाउने सम्भावना कम रहेको कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताए । “किसानले अहिले पाउने अवस्था छैन, हामीसँग युरिया र डिएपी मलको मौज्दात शून्य छ”, उनले भने, “किसानका लागि आवश्यक मल माग भइरहेकाले तोरी र गहुँ खेतीका लागि दशैँपछि मात्र युरिया र डिएपी मल उपलब्धता हुनेछ ।”

कृषि सामग्री कम्पनीले रु एक हजार ६५२ मा युरिया, रु चार हजार ५५२ मा डिएपी मल विक्रेता सहकारीलाई दिने र उक्त वितरकले रु एक हजार ८०० मा युरिया र रु चार हजार ८०० मा डिएपी बेच्नुपर्ने  बोगटीले बताए। कम्पनीले तोकेको मूल्यभन्दा बढीमा बेच्न पाइँदैन तर पहिल्यै मल मौज्दात राखेका केही कृषि सहकारीले ढुवानीको कारण देखाउँदै तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन् । स्थानीय तहले मलको बिक्री वितरण, मूल्यमा एकरुपता, अनुगमन गर्न निर्देशिका जारी गरी कार्यान्वयन गर्नु अतिआवश्यक रहेको किसानको माग छ । 




भर्खरै