१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन



अ+ अ-

काठमाडौं । हिमालय एयरलाइन्सले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ ।

एयरलाइन्सले आज एक बिज्ञप्ति जारी गर्दे यात्रुहरूलाई सहज बनाउन उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको जानकारी गराएको हो । एयरलाइन्सलेयो निर्णय २१ नोभेम्बरदेखि लागू भएको समेत जनाएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० घण्टा बन्द हुने कारण देखाउँदै अन्तर्राष्ट्रिय उडानमा लिइएको उच्च भाडादरबारे आएका जनगुनासोलाई गम्भीर रूपमा लिएको समेत जनाएको छ ।

विज्ञप्तिमा एयरलाइन्सले हवाई टिकटको कालोबजारी रोक्न र विदेश यात्रा गर्ने सर्वसाधारणलाई उचित भाडा दर उपलब्ध गराउन आफ्नो सिट क्षमताभित्रै उचित दर कायम गरेको जानकारी गराएको छ।

एयरलाइन्सले कालोबजारी भेटिएमा नेपालको सम्बन्धित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।