२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

बुधवार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो । बिहीवारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २।१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ । नेप्से परिसूचक पछिल्लो समय निरन्तर रुपमा उदारचढाव भइरहेको छ ।

बिहीवार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा भने वृद्धि भएको छ ।

नेप्से परिसूचका बिहीवार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक २।८६ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा,विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ तर यता जानकी फाइनान्सको शेयरमूल्य भने यो १० प्रतिशतले गिरावट आएको हो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स कम्पनीको २५ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदविक्री भएको छ ।




भर्खरै