२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार



अ+ अ-

एजेन्सी । रूसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको छ ।

युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएको छ । विज्ञप्तिका अनुसार रूसको आस्ट्राखान क्षेत्रबाट अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो ।

युक्रेनी सेनाले क्रेमलिनले आक्रमण सुरु गरेपछि पहिलो पटक आफ्नो सेनाले हतियार तैनाथ गरेको पुष्टि गरेको छ ।

हजारौँ किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहारको विषयमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफूले यस विषयमा केही भन्न नसक्ने बताउनु भएको छ ।

वायु सेनाले पाँच वटा मिसाइल खसालिएको डिनिप्रो सहर क्षेत्रका प्रमुखले रूसी प्रहारले पुनर्वास केन्द्र,घरहरूका साथै औद्योगिक क्षेत्रमा क्षति पुर्याएको जनाएको छ ।

प्रहारमा “दुई जना घाइते भएको तथा उनीहरुलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको युक्रेनी अधिकारी सेर्गी लिसाकले बताउनु भएको छ ।