काठमाडौं । आज नवरात्रको पाँचौं दिन स्कन्दमाता देवीको पूजा आराधना गरिँदै छ ।
स्कन्दमाता देवीको मन्त्र:
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी॥
स्कन्दमाता देवीको पूजा गरेमा उद्धार, शक्ति, समृद्धि र धन प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।










