४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

 बुढाहाङ सेवामा वढाङमी नाचको रन्को

 बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
अ+ अ-

अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल, 
हा है बग्दछ सलल ।
दिसदिस (देशदेश)को माइती, चारथुम चेली,
बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ),
निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी, 
वढाङ्मी मेला, पूर्णेझैँ झलल…

यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ । यतिबेला धनकुटाको खाल्सा क्षेत्र वढाङ्मीमय भएको छ । घुरघरमा कुलपूजा गर्ने र नाचगान गर्ने कार्यले खाल्सा क्षेत्रका बासिन्दा ब्यस्त भएका छन् । यो क्षेत्रका बासिन्दाको प्रमुख पर्व भएकाले पर्वमय भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई बताउनुहुन्छ ।

तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ । यो कुनै लिखित नभएर पुर्खादेखि नै मुखाग्र गाउँदै आइएको गीत हो । यो एकल वा जोडी भएर पुरुष–महिला सबैले गाउँछन् । गायकी सुन्दा उनीहरूलाई आँशुकवि भन्दा फरक पर्दैन । हरेक गीतमा स्थायी र अन्तरा हुन्छन्, जसलाई घन्टौँसम्म गाएर नाचिन्छ ।
के हो वढाङ्मी ?

राईहरूको भाषा र संस्कृतिमा थर र गाउँपिच्छे विविधता र फरकपन पाइन्छ । यही विविधता र फरकपन धनकुटाको खाल्सा क्षेत्र ९छिन्ताङ, आखिसल्ला र खोकु गाविस० हाल शहिदभूमि गाउँपालिकाका राई जातिको संस्कृति पनि फरक छ । उनीहरुको सांस्कृतिक धरोहरको रूपमा रहेको छ, वढाङ्मी पर्व र नाच रहेको छ ।कात्तिक पूर्णिमापछिको पहिलो मङ्गलबार साविक छिन्ताङ गाविस–४ (हाल शहिदभूमि गाउँपालिका–३) स्थित साकेन्वा थानमा पूजा गरेपछि वढाङ्मीको औपचारिक सुरुआत हुन्छ । यसपछि स्थानीय राईहरूले घरघरमा कुलपूजा गर्न थाल्छन् । कुलपूजामा फूल–अक्षता, पानसुपारीसँगै अण्डा, कुखुरा, परेवा र बङ्गुरको बली दिइन्छ ।

पूजापछि टोलको मुख्य घरमा लहरै उभिएर गीतको लयसँगै ढोल–झ्याम्टाको तालमा कुम जोडेर वढाङमी नाच नाचिन्छ । यसपालि मङ्सिर ४ गतेदेखि शुरु भएको यो पर्व र नाच  छिन्ताङ र आँखीसल्लामा मङ्सिर ९ गते र खोकुमा मङ्सिर १० गते सकिनेछ । यस नाच र पर्वको शुरुआतको विषयमा स्थानीयबासीमा एउटा गजबको किंबदन्ती रहेको छ । किंबदन्तीअनुसार परापूर्वकालमा खाल्सा क्षेत्रमा बुढाहाङ नाममा शक्तिशाली तान्त्रिक राजाले शासन गर्थे । ती राजा बुढाहाङका छ छोरी थिए । उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे । बुढाहाङले उनीहरूलाई छ दिन छुट्टी दिए । छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुङ्गीको नक्कल गरी रमाए । उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे । बुढाहाङका छोरीहरूको यही नाच अपभ्रंश भई ‘वढाङ्मी’ हुन पुगेको बढापाकाको भनाइ छ । अहिले पनि बुढाहाङका छोरीहरूले वनभोज खाएको र नाचगान गरेको स्थानलाई आँखिसल्लामा संरक्षण गरेर राखिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो ।

वढाङ्मी नाच उत्पत्तिको किंवदन्ती रोचक छ । जनश्रुति अनुसार परापूर्वकालमा त्यस क्षेत्रका राईहरूका पुर्खा बुढाहाङ भन्ने राजाको पालादेखि यो पर्व शुरु भएको हो । बुढाहाङ यति शक्तिशाली थिए कि, उहाँले समयलाई आफ्नो वशमा पारी रातलाई दिन र दिनलाई रात बनाउन सक्थे । उहाँलाई मार्न धनकुटाको बेलहराबाट सिकारीहरू आएका थिए । यो थाहा पाएर उहाँ दिनलाई रात बनाएर अलप हुनुभयो । त्यसैले उहाँ अझै पनि जिउँदै रहेको विश्वास गरिन्छ ।

वढाङ्मी गीतका गायक खनप्रसाद राई २४ घन्टासम्म निरन्तर यो गीत गाइने र नाचिने बताउनुहुन्छ । खनप्रसाद स्वयंसँग लगातार १५ घन्टासम्म गीत गाएको अनुभव छ । उहाँभन्नुहुन्छ, ‘गीत गाउने जोडी र नाच्ने समूह हुँदा दिन–रात बितेको पत्तो हुँदैन ।’ विस्तारै पाइला सार्दै नाचिने भएकाले थकाइ नलाग्ने र धेरै समयसम्म नाच्न सकिने स्थानीयवासीको अनुभव छ । यसमा चेली र माइती पनि एउटै लहरमा उभिएर नाच्छन् । खनप्रसादका अनुसार वढाङ्मी सामाजिक सद्भावको पर्व र नाच हो । यस नाचगानमा पारिवारिक सुखदुःख, रसरङका कुरा र देवीदेवताको गुनागानलाई समेटिन्छ ।

यो नाच विवाह, भोज र अन्य खुसियालीमा पनि नाचिन्छ । यसलाई स्थानीयस्तरमा पापनी लहरे–नाच भनिन्छ । तर, वढाङ्मीको बेला र बिहेमा गाउने गीत भने फरक हुन्छ । वढाङ्मीका बेला बुढाहाङ राजाको गुनगान, देवीदेवताको चर्चा गरिन्छ भने अन्यबेला रसरङको चर्चा हुने गरेको खनप्रसादले बताउनु भयो ।

स्थानीयको कुलपूजालाई ‘माङ्ला’ भनिन्छ । स्थानीय छिन्ताङ भाषामा ‘माङ्’को अर्थ देवता र ‘ला’को अर्थ चढाउनु हो । अर्थात उत्पादित बाली देवतालाई चढाउनु । आँखीसल्लाका ७८ वर्षीय गोविन्द राईका अनुसार खाल्सा क्षेत्रका राईहरूको चुलो (राई जातिका प्रत्येक घरभित्र तीनवटा चुलो, जसमा कुलपूजा गरिन्छ) सँगै स्थानीय देवीहरूको थानमा पूजा हुने हुने गरेको छ । खासगरी छिन्ताङ जाल्पादेवी मन्दिर, पञ्चकन्या, ढुकुरसिं थानी, देउलिंगे, टप्पुदेवी, ज्वालादेवी लगायत स्थानमा पूजा गरिन्छ । यी देवी र थानलाई स्थानीय राई र अन्य जातिले पनि आफ्नो कुलदेवताकै रूपमा मान्ने गरेका छन् ।
कुलपूजा र नयाँ बाली

शहिदभूमि गाउँपालिका–३ का पूर्व वडाअध्यक्ष योगेन्द्र राईका अनुसार नयाँ बाली भित्रिएको खुसीयालीमा छ दिनसम्म मनाएर वढाङ्मी पर्वको बिदाइृ गरिन्छ । नयाँबाली पाकेपछि कुलदेवतालाई चढाएर मात्र आफूले खानु किरात राई जातिको परम्परा हो । त्यसैले वढाङ्मीमा अर्को वर्ष पनि खेती राम्रो होस्, रक्षा–क्षमा गर्नु भनी आशीर्वाद माग्ने चलन छ ।नाचगान शुरु गर्नुअघि बुढाहाङको नाममा एकजोडी परेवाले क्षमापूजा गरिन्छ । नाचगान गर्दा कुनै झगडा र दुःख नहोस् भनेर क्षमा पूजा गरिन्छ । जुन घरको आँगन वा टोलमा नाचिन्छ, त्यो घर वा टोलले नाङ्लोमाथि दियो, कलश, फलफूल, चिन्दोमा रक्सी, डबका जाँड राखेर आशिकभारा ९आशिष माग्ने० गरिन्छ । नाचगान गर्ने सबैको शिर उठाउने र नाचगान गर्ने घर वा टोलको नाम चर्चा गर्नका लागि पञ्च भलाद्मी राखेर आशिषभारा गरेपछि यो पर्व पूरा हुन्छ ।

उन्मुक्त छोरीचेली

यो पर्वमा छ दिनको मेला र छ दिनको बारण (बार्ने) भन्ने चलन छ । पर्वका अवसरमा बुढाहाङ राजाले आफ्ना सहयोगी र राज्यका नागरिकलाई समेत छुट्टी दिएका थिए । त्यसैले खनजोत गर्न नहुने भनेर बार्ने चलन रह्यो। यो चलन अहिले पनि छ । वढाङ्मी मनाउनकै लागि घरको सबै कामलाई रोकिन्छ । कसैले हलो जोत्दैनन्, कोदालो खन्दैनन् ।यो पर्वमा विशेषतः छोरीचेलीलाई छुट दिइन्छ । यो दिन छोरीचेलीलाई काम नलगाउने र उनीहरूले कुनै गल्ती गरे पनि गाली गर्न नहुने मान्यता छ । गाली गरे बुढाहाङ र देवीदेवता रिसाउने, घरमा दुःखबिरामी पर्ने बुढापाकाको विश्वास छ । त्यसैले चेलीहरू यी छ दिन विशेष स्वतन्त्र हुन्छन् । आफ्ना दौतरीसँग हाँसखेल र नाचगान गर्न स्वतन्त्र छन् । अहिले नारी हक–अधिकार र स्वतन्त्रताको आन्दोलन र बहस चलिरहेको छ । तर, धनकुटाको खाल्सा क्षेत्रका राई जातिका महिलामा सदियौंदेखि स्वतन्त्रताको अभ्यास छ । शहिदभूमि गाउँपालिकाका अध्यक्ष राई भन्नुहुन्छ्, ‘देवी–देवताको नाममा भएको यो परम्पराले आजका महिलालाई पनि स्वतन्त्रताको पैरवी गरेको छ ।’

धामीझाँक्रीको मन्दुम

राई जातिले तीनचुलोमा कुलपूजा गर्दा होस् वा देवीदेवताको थानमा पूजा गर्दा होस्, धामीझाँक्रीले मुन्दुम फलाक्छन् । यस क्षेत्रका धामी झाँक्रीहरू (छाम्बाक, ङाङशुभा, तालुकसुङपा) ले देवीदेवतासँग मुन्दुम गाउँदै वरदान मागिन्छ । शहिदभूमि गाउँ गाउँपालिका–३ का भक्तविर राई (छाम्बाक) ले मेलामा आएर साकेन्वा र पञ्चकन्या डाँडामा रहेको देवीदेवताको अगाडि शक्ति माग्दै सेवापूजा ९भक्तिपूजा० गरिरहेको बताउनुहुन्छ । यहाँका एक दर्जन धामीझाँक्रीले ढोल–झ्याम्टा, खुँडा, तरबार बोकेर मुन्दुम गाउने चलन छ । किरात धर्म–संस्कृति अनुसार, मुन्दुम देवी–देवताले सिकाएको मानिन्छ ।

आठपहरिया जातिको वढाङमी÷वाडाङमेट

खाल्सा क्षेत्र (शहिदभूमि) का राई जातिको वढाङमी पर्वसँगै धनकुटा नगरपालिका क्षेत्रभित्रका थातथलोमा बस्ने आठपहरिया जातिको पनि वढाङ्मी पर्व मनाउँदै नाचगान गरिरहेका छन् । आठपहरिया जातिको यो पर्व हिन्दूहरुको दशँै जस्तै महत्वपूर्व रहेको छ । यो पर्वमा पितृ पूजासँगै वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेकाहरु दुःखबाट चोखिने, नयाँ घर बनाए छ भने चोख्याउने, पहिलो सन्तान छोरो जन्मिएको घरमा हर्षबढाई गर्ने चलन रहेको धनकुटा नगरपालिका–५ का अष्टबहादुर आठपहरियाले बताउनुभयो । कात्तिकको भाइटिकाको दिन जमरा राख्ने र माड उठाउने(देवी आह्वान)गर्ने कामसँगै मङ्सिरको औंसीको दिनसम्म यो चाड मनाउने गरेका छन् ।

चाड शुरु भएपछि गाउँटोलमा ढोल नाच्ने, बराह र मार्गाको मुन्धुम गाउने ९स्तुतिगान० चलन छ । यस बीचमा मङ्सिर पूर्णमाको चार दिनअघि वर्षभरि आफन्तको देहान्त भएर बरखी बारेका परिवार र उहाँका आफन्तले सुनसरीको बराहक्षेत्र मन्दिरमा पैदाल हिडेर दर्शन गरी चोखिने चलन रहेको अष्टबहादुरले बताउनुभयो ।  परापूर्वकालमा तेह्रथुमको पञ्चकन्यामा विष्णु भगवानले बराह अवतार लिएको बेला कन्दमूल खोजिखाने क्रममा फाक्चामाराका लिम्बु जातिले घेराहाली काटेर घाइते बनाएका थिए । घाइते भएका बराह धनकुटाको भगुवाखोला, भुल्केआहाले हुँदै सुनसरीको कोकाहा खोलामा आराम गरी बसेको किंबदन्ती रहेको छ । बराहलाई आठपहरिया जातिको इस्टदेवी मार्गा थानीको दाइको बराहलाई पुज्ने गरेका छन् । त्यसैले आठपहरिया जातिले मार्गालाई आमा र बराहलाई मामाको रुपमा पूजा गर्ने चलन रहेको छ ।

सप्तकोशी नदीको किनारामा रहेको बराहक्षेत्र मन्दिरमा रहेको बराहको दर्शन गरी त्यहाँको पानी ल्याएर घर चोख्याउने र बराहलाई धनकुटा आउन निम्तो दिने परम्परा रहेको अष्टबहादुरले बताउनु भयो । वढाङ्मेट पर्वको अवसरमा माङकाटा (धामी) बाट जोखाना हेर्ने, शुभकार्यको लागि दियो बत्ती हेर्ने, ढोल झ्याम्टा बजाउँदै वढाङमी नाच्ने र मारुनी नाच्ने चलन रहेको छ ।