२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्, समृद्धि र विकासको यात्रा रोकिँदैन प्रधानमन्त्री ओली महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको बालकुमारीमा मध्यरात भएको आगलागीमा फार्मेसी र जुम्बा सेन्टरमा क्षति



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । ललितपुरको बालकुमारीस्थित एउटा घरमा मध्यरातमा आगलागी भएको छ । विजुली चुहावट भएर स्वाभिमान श्रेष्ठको घरमा आगलागी भएको हो ।

सीसीआरसी कलेजनजिक श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगो लागेको हो ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ ।

यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र म:म पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो।