१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा कम्पनीहरूलाई पर्यटन मन्त्रीको निर्देशनः चौबिस घण्टाभित्र भाडादर बुझाउनु



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बुधवार मन्त्रालयमा एयरलाईन्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीवार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत गराए । उनले राज्य र नागरिककाप्रति एयरलाइन्सहरु दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेको बताए ।

उनले भने, ‘नागरिकमाथि निकै ठूलो ज्यादति भयो, शोषण भयो । धुर्त व्यापारिको जस्तो काम एयरलाइन्सहरुले गर्न थाले भन्ने हामीलाई अनुभुति भएको छ । राज्यलाई घास हालेजस्तो काम गर्नुभएको रहेछ तपाईहरुले । राज्य र नागरिककाप्रति एयरलाइन्सहरु दायित्वच्युत भएर झारो टारेको काम रहेछ । पछिल्लो समयमा कुनै पनि सुधारको काम देखिएन ।

आज जसरि तपाईहरु गैरजिम्मेवार ढंगले प्रश्तुत हुनुभएको छ । तपाईहरु आफैं पनि एकचोटि बस्न आग्रह गर्दछु । कतिपयले आफ्नो एयरलाइन्सले टिकेट मूल्य कति लिएको छ भन्ने जानकारी समेत नलिएका प्रतिनिधिहरु पनि आउनुभएको छ ।

विदेशका एयरलाइन्सहरुको व्यवस्थापन गर्ने भएकोले आफ्नो दानापानी पनि उतैबाट चल्ने जस्तो गैरजिम्मेवार प्रश्तुतिबाट म निकै दुःखित भएको छु । यसको समिक्षाका लागि तपाईहरु एक्लाएक्लै बस्न आगह गर्दछु । भोलि चार बजेसम्म समिक्षा गरेर भाडादर उपलब्ध गराउनुहोला ।’

मन्त्री पाण्डेले रन वे र ट्याक्सी वेबीच कनेक्टिङ वे बनाउनुपर्ने भएको कारण १० घण्टा त्रिभूवन विमानस्थल बन्द गर्नुपरेको उनले स्पष्ट पारे ।