१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड

कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड
अ अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भिर परिस्थितिको भुमरिमा धकेलेको बताउनुभएको छ ।

बुधवार पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनि प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गर्नुभएको हो । उहाँले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको ७५ वर्ष पूरा भएपनि कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अmझै सफल नभएको बताउनु भयो ।

उहाँले कम्युनिष्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भएपनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको इतिहासको गम्भिर समिक्षा गर्ने बेला भएको बताउनु भयो । नेपालको सामन्ती, दलाल पूँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरुले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर संघर्ष गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा कम्युनिष्ट आनदोलनको कोणबाट हेर्नुभयो आज नेपालमा ७५ वर्ष पूरा भएका छन् । तर कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अझै सफल भएका छैनन् । यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्षहरु छन् । तर हामीले कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको छ । ७५ वर्षसम्म नेपालमा कम्युनिष्ट आन्दोलन किन सार्थक बन्न सकेन ? किन नेपाली जनताले मक्ति पाउन सकेनन् ? आफ्नो राज्य र साशन व्यवस्था स्थापना गरेर स्वाधिन बनाउन सकेन ? कम्युनिष्ट विचार भनेको दुनियाको सबैभन्दा बैज्ञानिक र अग्रगामी विचार हो । कम्युनिष्ट विचार वैज्ञानिक हुँदाहुँदै पनि हामी अझै संघर्ष गरिरहेका छौं ।

विगत १० वर्षलाई हेर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी र यसले शुरु गरेको एकीकृत जनक्रान्ति यो देशको विकल्प बनेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नामको दलाल संसदीय व्यवस्था स्थापना गरेको धेरै समय भएको छैन ।

यस संसदीय व्यवस्थाले देशको टाट उल्ट्यो र देशलाई पनि गम्भिर परिस्थितिको भुमरिमा धकेलिदिएको छ । यसलाई संघीय लोकतान्त्रि गणतन्त्रात्मक देश भनिएको छ । संविधानको दिशा निर्देशमा यो राज्य निर्माण भएको छ र चलिरहेको छ । यसलाई विश्वको सबैभन्दा लोकतान्त्रिक संविधान जामा लगाइएको छ । तर पछिल्लो दिनमा कम्युनिष्ट पार्टीले जनतामा ठूलो आशा ल्याएको छ ।’

उहाँले पत्रकार सम्मेलनमा पार्टीको ११ औं पुनर्गठन दिवसका अवसरलाई विभिन्न उत्सव एवं कार्यक्रम गरी मनाउने बताउनु भयो ।