२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्छः सूर्य थापा



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुनै वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्ने बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले काहीँ कतै कसैले पनि ऋण मिनाहा नपाउने स्पष्ट पार्नुभएको छ ।

उहाँले ऋण लिनेहरू विदेशी दलालको भड्काउनमा उफ्रिन सक्ने भन्दै सचेत बनाउनुभएको छ । ‘सहकारी, लघुवित्त, फाइनान्स र बैङ्कबाट ऋण लिनेहरू विदेशी दलालले भड्काएर उफ्रिन सक्छन्, तर संसारभर तिर्नुपर्छ, कहीँ कतै ऋण मिनाहा पाउँदैनन्’, थापाले लेख्नु भएको छ ।

ऋण नतिर्ने जो कोहीलाई पनि कालक्रममा कारबाही हुने उहाँले स्पष्ट पार्नुभएको छ । ‘ऋण तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवैथरी वित्तीय अपराधी हुन्, समय क्रममा कारबाही र ऋण असुली हुन्छ नै’, उहाँले लेख्नु भएको छ ।