१३ श्रावण २०८३, बुधबार
,
Latest
चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालत परिसरमा विष सेवन गर्ने एक युवती पक्राउ



अ+ अ-

काठमाडौं । अदालत परिसरमा विष सेवन गरेपछि प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

बुधबार पाटनस्थित उच्च अदालत परिसर विषादीजन्य वस्तु सेवन गरेपछि प्रहरीले बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ गरेको हो ।

एमालेका युवा नेता ऐन महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै उनीमाथि काठमाडौं प्रहरीमा उजुरी हालेका थिए । आपराधिक लाभ (एक्सटर्सन) कसूरमा काठमाडौं जिल्ला अदालतले उनीमाथि वैशाख ३१ गते  पक्राउ पुर्जी समेत जारी गरेको थियो ।

बुधबार उच्च अदालत परिसरमा अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग सामुने परेपछि उनले विषादीजन्य वस्तु सेवन गरेकी थिईन् । उनलाई उपचारको लागि अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ ।