२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालत परिसरमा विष सेवन गर्ने एक युवती पक्राउ



अ+ अ-

काठमाडौं । अदालत परिसरमा विष सेवन गरेपछि प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

बुधबार पाटनस्थित उच्च अदालत परिसर विषादीजन्य वस्तु सेवन गरेपछि प्रहरीले बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ गरेको हो ।

एमालेका युवा नेता ऐन महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै उनीमाथि काठमाडौं प्रहरीमा उजुरी हालेका थिए । आपराधिक लाभ (एक्सटर्सन) कसूरमा काठमाडौं जिल्ला अदालतले उनीमाथि वैशाख ३१ गते  पक्राउ पुर्जी समेत जारी गरेको थियो ।

बुधबार उच्च अदालत परिसरमा अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग सामुने परेपछि उनले विषादीजन्य वस्तु सेवन गरेकी थिईन् । उनलाई उपचारको लागि अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ ।