२८ पुष २०८१, आईतवार
,
Latest
सदन छलेर अध्यादेश ल्याएकामा नागरिक समाजको गम्भीर आपत्ती दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण: कृषि मन्त्रीअधिकारी विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश निजामति विधेयकमा वर्गीय आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नुपर्छः संवैधानिक आयोगहरु आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप



अ+ अ-

रामपुर । रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् ।

रामपुर नगरपालिका–६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिल्किराकोे प्रकोपले सताएको दुखेसो गर्नुभयो । “काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन् । कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ ।”

यसैगरी, रामपुर–५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिल्किराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनमा लाग्नुभएकी उहाँ पनि कीराले पिरोलिनुभएको छ । उहाँ भन्नुहुन्छ, “बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ ।

झुसिल्किराकोे प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उहाँले बताउनुभयो । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उहाँले बताउनुभयो । रासस