९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ । यस्तै कुमारी बैंक रु आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक रु सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ ।

कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एशिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले  ४.१२ प्रतिशतले गुमाए ।




भर्खरै