१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो ।

आज तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव १७ र जलविद्युत् समूह तीन दशमलव ०७ प्रतिशतले घटेको छ ।

बैंकिङ एक दशमलव ११, विकास बैंक दुई दशमलव २९, वित्त दुई दशमलव ३१, लगानी दुई दशमलव ०८, जीवन बीमा एक दशमलव ९४ र उत्पादन तथा प्रशोधन एक दशमलव ४८ प्रतिशतले घटेको छ ।

लघुवित्त समूह एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा एक दशमलव ६९, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको नौ दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा उच्च देखिएको छ । आज यो कम्पनीको रु ४६ करोड ६८ लाख ९९ हजार आठ सय पाँच बराबरको आठ लाख ८८ हजार तीन सय १९ कित्ता शेयर किनबेच भएको छ ।