१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग

छविलाल जोशीलाई काठमाडौँ ल्याइँदै

छविलाल जोशीलाई काठमाडौँ ल्याइँदै
अ अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ ल्याउन लागिएको हो ।

गत असोज ६ गते सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा प्रहरीले जोशीलाई पक्राउ गरेर अनुसन्धानको लागि पोखरा लगेको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले गएको पाईएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।

स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले सहकारीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । काठमाडौँ जिल्ला अदालतबाट उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अनुसन्धानको लागि काठमाडौ ल्यान लागिएको हो ।

यसअघि काठमाडौँ प्रहरीले स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेलसँग बयान लिएर पोखरा पठाएको छ ।