२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरु अनसन बसेका छन् ।

विद्यार्थी नेताहरुले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा मंगलवार अनसन शुरु गरेका हुन् । स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भएपनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस शुरु भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रिय कार्यालय प्रमुख केशव रावलसहित विद्यार्थी नेताहरुले अनसन शुरु गरेका हुन् ।

सम्मेलनको स्थगित प्रक्रिया शुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन अनिश्चित भएको अखिल क्रान्तिकारीका निःवर्तमान केन्द्रिय उपाध्यक्ष रावलले बताउनु भयो । उहाँले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरु गरेको बताउनु भयो । उहाँकाअनुसार स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्न र नेतृत्व चयन समेत प्रतिनिधिले निर्वाचन प्रक्रियाबाट गर्न अनसनरत विद्यार्थीको माग छ ।

उहाँले भन्नुभयो, ‘सम्मेलनका लागि तीन हप्ताको समय समेत नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी गरिसकेपछि सम्मेलनको बन्दसत्र झन अनिश्चित भइसकेपछि हामीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरुवात गरेका छौँ । सम्मेलनका लागि तीन हप्ताको समय समेत नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी गरिसकेपछि सम्मेलनको बन्दसत्र झन अनिश्चित भइसकेपछि हामीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरुवात गरेका छौँ । अनसनमा बस्नेहरुमा केन्द्रिय सदस्य खगेन्द्र रावल, केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्षसहित हामी तीन जना आमरण अनसनमा बसेका छौं । पार्टीलाई हाम्रो मुख्य अनुरोध भनेको बन्दसत्र मंसिर २३ मै शुरु होस् र नेतृत्व निर्वाचन प्रक्रियाबाट नै तोकियोस् भन्ने हो । नेतृत्व चयन नाम सिफारिस गरेको आधरमा हुने अवस्था छैन । प्रतिनिधि साथिहरुले नेतृत्व छनोट गर्न पाउनुपर्दछ । यसका लागि पार्टीले सर्कुलर गर्नुपर्दछ भन्ने हाम्रो मुख्य माग हो । यदि पार्टीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै गर्ने र नेतृत्व चयन उपस्थित प्रतिनिधिले गर्न पाउनेगरि सर्कुलर जारी गरेको अवस्थामा हामी अनसन अन्त्य गर्नेछौं ।’

पार्टी कार्यालयमा आमरण अनसन बस्नेहरुमा रावलसहित निःवर्तमान केन्द्रिय सदस्य जनक ढुंगाना र निःवर्तमान केन्द्रिय सदस्य खगेन्द्र रावल रहनुभएको छ ।




भर्खरै