३ भाद्र २०८३, बुधबार
,
Latest
बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोङ्गा ज्वालामुखी विस्फोटन : ‘अभूतपूर्व विपद्’ पछि राहत पुर्‍याउने प्रयासमा के-के गरिँदैछ ?



अ+ अ-

टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको छ। 

प्रशान्त महासागरको उक्त टापु राष्ट्रमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिसहरू बेल्चा र सामान बोक्ने औजारहरूसाथ विमानस्थल सफा गरिरहेका छन्।

यस विपद्‌मा परेर अहिलेसम्म त्यहाँ चार जनाको मृत्यु भएको विवरण आएको छ। जसमा तीनजना त्यहीँका नागरिक र एक ब्रिटिश महिला छन्।

'अभूतपूर्व विपद्'

टोङ्गा सरकारले ज्वालामुखी विस्फोटनलाई 'अभूतपूर्व विपद्' भनेको छ। जसक्रममा निस्किएको धुँवाधुलोको मुस्लो आकाशमा २० किलोमिटर माथिसम्म पुगेको उसले जनाएको छ। 

बुधवार बिहानै टोङ्गामा उक्त क्षेत्रका लागि राष्ट्रसङ्घीय प्रतिनिधि जोनाथन भिचले मुख्य द्विप टोङ्गाटपुमा खरानी हटाउने काम सोचिएभन्दा निकै कठिन देखिएको बताएका छन्। 

तर उनले राम्रो प्रगति भइरहेको भन्दै त्यहाँ छिट्टै उडानहरू सुरु हुनसक्ने जनाएका छन्। समुद्रमुनी तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा अवरोध आएपछि बाँकी विश्वसँग त्यस क्षेत्रको अधिकांश सम्पर्क टुटेको छ।

पानीजहाजमा राहत

ती राष्ट्रसङ्घीय प्रतिनिधिले तत्कालै राहतका लागि न्यूजील्याण्ड र अस्ट्रेलियाले आफ्नो नौसेनाका पानीजहाज प्रयोग गरेकोमा उनीहरूको प्रशंसा गरेका छन्। 

न्यूजील्याण्डले खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीसाथ पठाएको पानीजहाज त्यहाँ पुग्न तीनदेखि चार दिनसम्म लाग्नसक्ने बताइएको छ।

टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन्।  ७० प्रतिशत मानिसहरू एउटै टापुमा बस्छन् जहाँ निकै क्षति पुगेको ठानिएको छ। (बीबीसी)