९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि सिंगल कर प्रणाली आवश्यकः चेम्बर

निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि सिंगल कर प्रणाली आवश्यकः चेम्बर
अ अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अर्फ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि राज्यले एकल कर प्रणाली बनाउन माग गरेको छ ।

सोमवार नेपाल चेम्बर अफ कमर्सले कर सप्ताह अन्तर्गत आन्तरिक राजश्व विभागसँगको अन्तरक्रिया कार्यक्रममा चेम्बरले यस्तो माग राखेको हो । सरकारको दोहोरो कर नीतिको कारणले उद्योगी व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएको छ ।

चेम्बरले कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्ने उल्लेख गर्यो । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक विकेन्द्रिकरण मात्रै नभएर आर्थिक एकिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले आर्थिक एकिकरण भएमात्रै पनि निजी क्षेत्रमा रहेका विभिन्न किसिमका अन्योलताहरु हट्ने बताउनु भयो । उहाँले पछिल्लो समय बजारमा नक्कली भ्याटबिलको समस्याले व्यवसायीहरुमा त्रास सिर्जना गरेको बताउनु भयो ।

उहाँले केही खराब व्यवसायीको कारण सकारात्मक रुपका काम गरिरहेका व्यवसायीहरु मारमा परेको बताउनु भयो । उहाँले सरकारले नक्कली भ्याटबिल जारी गर्ने व्यवसायीलाई छानविन गरी गल्ती नगर्ने व्यवसायीहरुले नक्कली भ्याटबिलको विषयमा उन्मुक्ति पाउनुपर्ने बताउनु भयो ।

उहाँले आयकर ऐनमा पनि परिमार्जन आवश्यक रहेको बताउनुभयो । उहाँले आयकर ऐन दफा ५७ ले धेरै अफ्यारो बनाएको भन्दै ट्रान्सफर मूल्य नै किटान गर्न नसकिएको बताउनु भयो । उहाँले सम्पती शुद्धिकरण ऐनमा व्यवसायीक कारोबारलाई व्यक्ति खातामा कारोबार गर्र्न नपाउने व्यवस्था कार्यान्वयनको लागि सम्पूर्ण व्यवसायीहरुको सम्पति अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकार अब प्रतिष्पर्धी कर नीति अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘राजनीतिक विकेन्द्रिकरण मात्रै नभएर आर्थिक एकिकरण (इकोनमिक इन्ट्रिगेसन) हुन आवश्यक छ । इकोनमिक इन्ट्रिगेसन भए मात्रै अन्योलता आउँदैन । १ देखि ३ प्रतिशतसम्म गलत व्यवसायीहरु पनि हुन्छ । नक्कली भ्याटबिलबाट पनि जारी गरेको छ । अन्य उद्यमीहरु पनि नक्कली भ्याट बिलमा फसेका छन् । सरकारले नक्कली भ्याटबिल जारी गर्नेलाई कारबाही गर्नुपर्छ ।

गल्ती नगर्ने व्यवसायीहरुले नक्कली भ्याटबिलको विषयमा उन्मुक्ति पाउनुपर्छ । आयकर ऐनमा पनि परिमार्जन आवश्यक छ । आयकर ऐन दफा ५७ ले धेरै अफ्यारो बनाएको छ । ट्रान्सफर मूल्य नै किटान गर्न सकिँदैन । आयात नगरेको वस्तुलाई मूल्याङ्कन गरेर खरिद बिक्रिमा भएको मूल्यलाई मूल्याङ्कन गरेर कर तिरेर आर्थिक गतिविधी बिस्तार हुँदैन । सम्पती शुद्धिकरण ऐनमा व्यवसायीक कारोबारलाई व्यक्ति खातामा कारोबार गर्न पाइँदैन भनेको सुनेको छु ।

सम्पती अभिलेखिकरण गर्न आवश्यक छ । सम्पतीको स्रोत देखाउन समस्या भएको छ । मुलुकमा व्यवसाय गर्न सिङ्गल कर प्रणाली भए गर्न सहज हुन्छ । प्रतिष्पर्धी कर नीति अपनाउनुपर्छ । नेपालमा कर महँगो हुनासाथ भारतमा उद्योगहरु फस्टाउन थाल्छन् ।’

आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले पछिल्लो समय १८ कम्पनी स्थापना गरी आवश्यकताअनुसारको नक्कली भ्याट बिलको कारोबार गरिरहेको बताउनु भयो । उहाँले उद्योग वा बजारबाट उत्पादन किनेको र पैठारी गरेर ल्याएको मात्रै समान बेच्न पाउने कम्पनीले भ्याट बिल जारी गरी सामान बेच्न पाउने बताउनु भयो । तीन वटै स्रोत शुन्य भएपनि कम्पनीमार्फत करोडौंको कारोबार गरेर भ्याटबिल काटिरहेको बताउनु भयो ।

उहाँले अहिले बजार यस्तो खालको फण्डामा परेको बताउनु भयो । उहाँले नक्कली भ्याट बिलको विषयमा विभागले अहिले पनि अनुसन्धान गरिरहेको बताउनु भयो । महानिर्देशक आचार्यले आयात निर्यातमा पनि नक्कली भ्याट बिल र कम्पनीको सुचना विभागलाई रहेको भन्दै अनुसन्धान गरि रहेको बताउनु भयो । उहाँले गलत नगर्ने व्यवसायीहरुलाई पनि नक्कली भ्याट बिलका विषयले अफ्ठ्यारो बनाएको र प्रतिष्पर्धी बजारलाई असर गरेको बताउनु भयो । उहाँले गलत क्रियाकलाप निराकरण गर्ने काम कर प्रशासनको मात्रै भनेर बस्न नमिल्ने भन्दै निजी क्षेत्रले पनि गर्नुपर्ने बताउनु भयो ।

उहाँले निजी उद्योगी व्यवसायीहरुले दुईतिर कर तिर्नु नपर्ने बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले दुईतिर कर तिरिरहेको भए प्रमाण राख्न आग्रह गर्नुभयो । उहाँले नेपालमा दोहोरो कर लागू नहुने उल्लेख गर्नुभयो । उहाँले व्यवसायीक कारोबार व्यक्तिगत खातामा गएको सूचना विभिन्न ठाउँबाट विभागलाई आएको दाबी गर्नुभयो । चेम्बरले सूचना निकालेर आफू मातहतका व्यवसायीहरुलाई सचेत गराउन आग्रह गर्नुभयो ।