१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो

ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
अ अ+ अ-

काठमाडौँ । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरि नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा त्रिपक्षीय समझदारी भएको छ । सोही समझदारीअनुसार आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र यहाँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गर्नुभयो ।

कुल रु ६ करोड पाँच लाख सात हजार चार सय ६७ लागत रहेको सो परियोजनाका लागि भारतीय दूतावासबाट रु चार करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको जनाइएको छ । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्मे रहनेछ ।

सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणपछि दोस्रो चरणमा मन्दिरको पनि कलात्मक जीर्णोद्धार गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धार्मिक पर्यटन प्रवद्र्धन गर्दै नगरको आर्थिक, सामाजिक विकास एवं आर्थिक समृद्धि हासिल गर्न उच्च प्राथमिकता दिएको छ ।”

नगरप्रमुख गिरिले नगरपालिकाको समृद्धिका लागि वैदेशिक सहयोग भित्रिने क्रम जारी रहेको जानकारी दिँदै थानकोटमा जर्मन सरकारको सहयोगमा रु एक अर्बको अस्पताल निर्माण हुने बताउनुभयो । उहाँले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणमा भारतीय दूतावासले आर्थिक सहयोग गरेकामा दूतावासलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माणको समयमै सम्पन्न गर्न स्थानीय सरोकारवाला नागरिक तथा सङ्घसंस्थाले सकारात्मक सहयोग, निगरानी र अनुगमन गर्नुहुने अपेक्षा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरि नगरक्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने नीति रहेको छ । यसका लागि सबैको सामूहिक भावना आवश्यक पर्छ ।”

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ र चन्द्रागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले चन्दन भराटेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।