३ मंसिर २०८१, सोमबार
,
Latest
स्व ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री ओली उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना/ विकासशील मुलुकमा स्तरोन्नतिका… प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना: ‘पदको मोहमा कहिलै लाग्नुभएन’ बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु फिल्म ‘इमर्जेन्सी’ को नयाँ रिलिज मिति घोषणा मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि यी कुरा गल्तिले पनि आफ्नो पार्टनरलाई भन्नु हुँदैन, अन्यथा सम्बन्ध बिग्रिन सक्छ नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतिहरु आँउछन्ः सचिव मरासिनी ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्यः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश भुजेलले मृतकको परिवारलाई ५२ लाख दिने सहमति



अ+ अ-

काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतकको परिवारबिच सहमति भएको छ । सहमतिभएसँगै भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव आज पाँच दिनपछि उठाइँदै छ ।

कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएको थियो । नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि ज्यान गएको थियो ।

झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले ग्राण्डी अस्पतालबाट शव उठाएको थिएन । आईतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि सोमबार शव उठाउने सहमति भएको प्रहरी स्रोतले जनाएको छ । यसअघि मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो ।

भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनीविरुद्ध सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।