१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टि गरिँदै, मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै छ । अहिले उहाँको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो ।

आज अपराह्न ढुंगानाको अन्त्येष्टि गरिने भएको हो । त्यसअघि दिउँसो ११ बजेदेखि १ बजेसम्म काठमाडौंको नक्सालस्थित सानोगौचरणमा श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने छ ।

यसैबीच पूर्वसभामुख ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न आज बिहान मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।

आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आइतबार साँझ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।