२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक छन्ः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक रहेको बताउनुभएको छ ।

आईतवार नेपाल राष्ट्र बैंकको २०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन,रेमिट्यान्स,मुद्रास्फीति समेत सिमाभित्रै नियन्त्रणमा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले अवलम्वन गरेको मौद्रिक नीतिको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा रहेको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग र अभिप्रेरित कसरी गर्ने प्रश्न उब्जिएको उल्लेख गर्नुभयो । ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग गर्ने विषयमा राष्ट्र बैंकको ध्यान जानुपर्ने उहाँको भनाई छ । उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिको आवधिक समिक्षा पनि अन्तिम चरणमा पुगेको भन्दै अर्थतन्त्रको अवस्थालाई ब्याख्या र विवेचना गरेर उचित निर्णयमा पुग्ने आशा रहेको बताउनु भयो ।

उहाँले बैंकहरुमा तरलता सहज र ब्याजदर घटेको भन्दै अर्थतन्त्रका केही सूचकहरुलाई सरकारले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले नेपालमा पहिलो पटक कन्ट्री रेटिङको काम सकेको बताउनु भयो । उहाँले सम्बन्धित संस्थाले केही समयभित्रै कन्ट्री रेटिङको सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्ने बताउनु भयो । उहाँले कन्ट्री रेटिङको प्रतिवेदनमा नेपालको अर्थतन्त्रको वास्तविकता कन्ट्री रेटिङमा ठिक ढङ्गले समावेश हुने विश्वास रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा केही चुनौतीहरु देखापरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले मुलुकको अर्थतन्त्रका वाह्य पक्षहरु सबल र सकारात्मक छन् । सरकारको विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन,रेमिट्यान्स,मुद्रास्फीति सिमाभित्रै नियन्त्रणमा छ । बैंकहरुमा तरलता राम्रो छ । बैंकिङ ब्याजदर घटेको छ । यी सबै अर्थतन्त्रका सूचकहरुलाई सरकारले सकारात्मक रुपमा लिएका छौं । नेपालमा पहिलो पटक कन्ट्री रेटिङको काम सकेका छौं । केही समयभित्रै कन्ट्री रेटिङको सम्बन्धित संस्थाले प्रतिवेदन सार्वजनिक गर्नेछ । हामीले आशा गरिरहेका छौं ।

नेपालको अर्थतन्त्रको वास्तविकता कन्ट्री रेटिङमा ठिक ढङ्गले समावेश हुनेछ । त्यो प्रतिदेनले पनि बताउनेछ । अर्थतन्त्र सुधारको लागि अनकुल वातावरण छन् भन्नेकुरा देखाउने छ । मुलुकको अर्थतन्त्रमा केही चुनौतीहरु देखापरेका छन् । समग्र माग घटेको अवस्था छ । उत्पादन,रोजगारी,आयात,निर्यात,राजश्व र पुँजीगत खर्च गर्ने विषयमा सरकार दबाबमा वा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको अवस्थामा छौं । यसमा सरकारको ध्यान केन्द्रित हुनु पर्ने अवस्था छ ।

राष्ट्र बैंकले अवलम्बन गरेका मौद्रिक नीति मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा छौं । ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा कसरी सदुपयोग र अभिप्रेरित गर्ने प्रश्न उब्जिएका छन् । त्यस विषयमा राष्ट्र बैंकको ध्यान जाने छ । राष्ट्र बैंकले मौद्रिक नीतिको आवधिक समिक्षा पनि अन्तिम चरणमा पुगेको छ । त्यो अवस्थामा पनि अर्थतन्त्रको अवस्थालाई ब्याख्या विवेचना गरेर उचित निर्णयमा पुग्ने आशा छ ।’

उहाँले समग्र बजारको मागमा कमी हुने,उत्पादन,रोजगारी,आयात,निर्यात,राजश्व र पुँजीगत खर्च गर्ने विषयमा सरकार दबाबमा वा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले समग्र बजार माग वृद्धि गर्ने, उत्पादन,रोजगारी,आयात,निर्यात,राजश्व र पुँजीगत खर्च वृद्धि गर्नमा सरकारको ध्यान केन्द्रित भइरहेको बताउनु भयो ।




भर्खरै