२ मंसिर २०८१, आईतवार
,
Latest
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते चार देशका राजदूतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण पोखराका प्रेमप्रसादको एकीकृत कृषि पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु विवाहपञ्चमीको निम्तो दिन गएकाहरुलाई भारतीय सीमामा भव्य स्वागत महावुको अध्यक्षका लागि पाँच र नलगाडको उपप्रमुखका लागि चार दलको उम्मेदवारी दर्ता जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिला र तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ ।

मध्य गाजाको बुरेज शरणार्थी शिविरमा भएको आक्रमणमा परी १० जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले जानकारी दिनुभयो ।

शिविरको एक घरमा भएको अर्को आक्रमणमा परी कम्तीमा एक महिलाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् ।

दक्षिणी शहर राफामा आइतबार बिहान इजरायली ड्रोनले आक्रमण गरिएको र यसका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको बासलले जानकारी दिनुभयो ।

मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको एक घरमा रातभर भएको आक्रमणमा परी तीन महिला र एक बालकसहित अन्य चार जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार १३ महिनाभन्दा बढी चलेको युद्धमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४३ हजार ७९९ पुगेको जनाएको छ । मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ र यसलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २०६ जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली तथ्याङ्कमा उल्लेख छ ।