२ मंसिर २०८१, आईतवार
,
Latest
विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई २४ जिल्लाका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते चार देशका राजदूतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण पोखराका प्रेमप्रसादको एकीकृत कृषि पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु विवाहपञ्चमीको निम्तो दिन गएकाहरुलाई भारतीय सीमामा भव्य स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावुको अध्यक्षका लागि पाँच र नलगाडको उपप्रमुखका लागि चार दलको उम्मेदवारी दर्ता



मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदको मनोनयनपत्र दत्र्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा जाँदै नेपाली काँंग्रेसको तर्फबाट इन्द्रा चन्दलगायत अन्य सहभागीहरु । तस्बिरः हेमन्त केसी/रासस
अ+ अ-

सुर्खेत । उपनिर्वाचनका लागि दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदका लागि नेपाली कांग्रेसकातर्फबाट झलक भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एमालेका तर्फबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, रास्वपाबाट प्रकाशकुमार बुढा र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत हमालले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि हुन लागेको निर्वाचनमा कांग्रेस, राप्रपा, एमाले र माओवादी गरी चार दलले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ कांग्रेसका तर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।