२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान



जनकपुरधाम
अ+ अ-

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल आगामी मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगञ्जबाट भारतको उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरतर्फ प्रस्थान गरेको छ ।

विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख सन्तोषकुमार साहले मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डल आज वीरगञ्जबाट रक्सौलनाका हुँदै अयोध्यातर्फ प्रस्थान गरेको जानकारी दिनुभयो ।

“शनिबार जनकपुरबाट बाजागाजासहित प्रस्थान थालेका थियौँ । शनिबार बेलुका वीरगञ्जमा आएर बास बस्यौँ । आज रातिसम्म उत्तरप्रदेशस्थित अयोध्या पुग्नेछौँ । अयोध्या पुगेपछि सो मन्दिरका पदाधिकारीलाई जानकी विवाह महोत्सवको निम्तो गर्नेछौँ”, उहाँले भन्नुभयो, “सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना हुनेछ ।”

परम्परागत रूपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतिकात्मक रूपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र रानीका लागि लत्ताकपडा, गरगहनासँगै माखन, दही, च्यूरा, फलफूलसहित मिष्ठान्न पकवान सौगात स्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिषद्का प्रमुख साहले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मदसकिल मियाँ, श्रम तथा यातायातमन्त्री कौशलकिशोर यादव, वन तथा वातावरणमन्त्री त्रिभुवन साहलगायत हुनुहुन्छ ।

साथै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् । विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख साहले आगामी मङ्सिर २१ गते विवाहपञ्चमीको दिनमा अयोध्याबाट जनकपुरधाममा जन्ती आउने परम्परा रहेको बताउनुभयो । रासस