१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ



अ+ अ-

सुन्दरबजार (लमजुङ) : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताउनुभएको छ ।

लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज यहाँ उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउनुभयो । “सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरुङले बताउनुभयो । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले  सही गलत छुट्टयाउने जिम्मा न्यायालयको भएको बताउनुभयो । सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उहाँको भनाइ थियो ।

“प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरुमाथि पनि अनुसन्धान हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधखोज गरिएको छ ।”

देशमा भ्रष्टाचार मौलायो भन्नेहरु नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दैगर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरुङले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री गुरुङले देशको सूचना प्रविधि आइटी क्षेत्रको विकासको सुरुआत लमजुङबाट गरिने बताउनुभयो । नेपाललाई आइटी क्षेत्रका लागि उद्योगका रुपमा विकास गरेर करिब तीन लाख युवालाई रोजगार दिने काममा आफू लागिरहेको उहाँले उल्लेख गर्नुभयो । रासस