४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत

एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत
अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट चांगाथलीका रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्रमान अमात्य, सचिवमा देविका राई, कोषाध्यक्षमा मैयाँ महर्जन, सहसचिवमा दिपक बस्नेत तथा सदस्यहरुमा बाबुकाजी महर्जन, चन्द्र बहादुर महर्जन, शुभराज राई, श्यामलाल श्रेष्ठ, असलमाया महर्जन र विकास केसी निर्वाचित भएका छन् ।

विगत लामो समयदेखि खानेपानीको अभाव खेपिरहेका ललितपुरको पुर्वी भेग चांगाथलीका बासिन्दाहरुलाई स्थानीय युवाहरुको सकृयतामा १२ वर्षअघि चांगाथली क्लवमार्फत २०६९ साल मंसीर १७ देखि २५ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ लगाएर उठेको रकमबाट जग्गा खरिद गरि खानेपानी डिप बोरिंङ्ग गरिएको थियो ।

सो महायज्ञमा करीव १ करोड ७ लाख रुपैयाँ नगद संकलन भएकोमा सो रकमबाट ९ आना ३ पैसा जग्गा खरीद गर्नुका साथैे स्थानीय समाजसेवी शिवराम खत्रीबाट १ आना २ पैसा र मेखबहादुर खत्रीबाट १ आना १ दाम जग्गा दान प्राप्त भएकोमा सोही ठाउँमा खानेपानी बोरिङ्ग गरि स्थानीय वासिन्दालाई वितरण गरिएको खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष एवम् महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जनले बताए ।

सो समितिले हाल चांगाथलीका १ हजार १ साय ६९ घरधुरीमा धारामार्फत खानेपानी वितरण गर्दै आएको छ भने खानेपानीको थप धारा वितरण गर्न चांगाथली बुद्ध विहार हातामा अर्काे डिप बोरिङ्ग गर्ने काम सकिएको र मेलम्ची खानेपानीको लागि समेत पहल भईरहेको अध्यक्ष महर्जनले बताए ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उद्घाटन गरेको साधारण सभाको अवसरमा उपप्रमुख लक्ष्मी महर्जन, वडा नं ५ का अध्यक्ष कपिल केसी, लुभु खानेपानी उपभोक्ता समितिका अध्यक्ष सानुकान्छा श्रेष्ठले बोलेका थिए भने चाँंगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सल्लाहकार श्याम महर्जन र अध्यक्ष बाबुराजा महर्जनले चांगाथलीमा विगतका वर्षहरुमा खानेपानीको अभावदेखि वर्तमान अवस्थासम्मका बारेमा आफ्नो भनाई राखेका थिए ।

त्यस अवसरमा उपभोक्ता समितिका सचिव रामकृष्ण बस्नेतको प्रतिवेदन तथा कोषाध्यक्ष नन्द केसीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उपभोक्ता समितिका निर्वतमान अध्यक्ष बाबुराजा महर्जन, उपाध्यक्ष राजकुमार केसी, कोषाध्यक्ष नन्द केसी र सदस्य दामोदर प्रसाद पौडेललाई नयाँ कार्यसमितिको तर्फबाट कदरपत्र प्रदान गरि सम्मान तथा विदाई गरेका थिए ।