९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैनः अर्थमन्त्री

सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैनः अर्थमन्त्री
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गर्नुभयो ।

उहाँले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्युन हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताउनु भयो । उहाँले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो ।

संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भएपनि सो अनुपातमा राजश्व संकलन बढ्न नसकेको बताउनु भयो । उहाँले जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । । २०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरुको प्रगतिको अवस्था मूल्यांकन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताउनु भयो । बजार अनुगमनको संख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्युन रहेको बताउनु भयो । वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिनका लागि पनि म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु । करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक छ । सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्युन हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन गर्दछु ।

संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भएका छन् । खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु बिस्तारित भएका छन् । अर्थतन्त्रको आकार बढ्दै गएको छ । तर सो अनुपातमा जसरी राजश्व संकलन बढ्नुपर्ने हो, त्यो बढ्न सकेको मैले पाएको छैन । म कर्मचारी साथीहरुलाई जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन निर्देशित गर्न चाहन्छु । साथीहरुलाई दिइएको जिम्मेवारीको कार्यसम्पादन र लक्ष्य एवं प्रगतिको तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन सकेको छैन । २०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरुको प्रगतिको अवस्था मूल्यांकन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन सकेको छैन ।

बजार अनुगमनको संख्या गत वर्षको यसै अवधिको भन्दा पनि न्युन रहेको छ । वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक छैन । यस तथ्यले पनि म साथीहरुलाई कार्य सम्पादनमा थप गम्भीर हुन हार्दिकतापूर्वक आग्रह र निर्देशित गर्न चाहन्छु । मैले यो विषयलाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छु । सामान्य हिसावले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सम्भव छैन ।’

उपप्रधानमन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताउनु भयो । सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरुले श्रोतमाथिको दबाब बढिरहेको बताउनु भयो । कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस—२०८१ मनाइएको हो ।