काठमाडौ। । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
शुक्रबार बिहान ११ बजे सुर्खेतको वीरेन्द्रागरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले मुख्यमन्त्री शाही बिरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
मूखयमन्त्री शाहीले नियुक्त गर्नुभएका प्रमुख सचेतक सीता नेपालीले बोलाउनु भएको संसदीयदलको बैठकका प्रस्ताबमो पक्षमा सून्य मत र बिपक्षीमा १८ मत परेको थियो ।
यस अघि नेता यामलाल कडेल सहित १८ बहुमत सदस्यले हस्ताक्षर गरी प्रस्ताब दर्ता गरेका थिए । पछि माधब नेपाल समुहका नेताहरुले कडेलको साथ छाडेपछि मुख्यमन्त्री शाहीको पक्षमा बहुमत पुगेको हो ।