७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको बताउनुभएको छ ।

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रवार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप काँग्रेसको सभापति समेत रहनुभएका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाउनुभएको थियो । महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्य मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्शन’कम्पनीसँगको आवद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टिकरण दिनुभयो । उहाँले पार्टीले विश्वास गरेर पठाएर नै कानूनअनुसार राज्यमन्त्री भएको उल्लेख गर्नुभयो । उहाँले देशको कानूनले आवद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेशमा फर्कनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कान्छाराम कन्स्टङक्सन प्रा।लि।मा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको व्यक्ति हौं । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानून भन्दा ठूलो केही छैन । कानूनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेशा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु । पार्टीको महामन्त्री विश्वप्रकाश शर्माज्युले प्रश्न उठाउनु भयो । मेरो कम्पनी २०४४ साल माघ १९ मा दर्ता गरेको हो । साढे दुई वर्ष त्यो पेशा छाडेर बाहिर छु । २०७९को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको छु । अहिले कानून नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु ।’

उहाँले २०७९ को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको बताउनु भयो । उहाँले कानून, नीति नियम र नेपालको संविधानले कम्पनीमा आवद्धता ठहर भए राजनीतिबाट बाहिर जान तयार रहेको बताउनु भयो । उहाँले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्न माग समेत गर्नुभयो ।