२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष



अ+ अ-

काठमाडौं । कार्तिक ११ मा काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भएको थियो । आपराधिक पृष्ठभूमिका व्यक्तिहरु प्रयोग गरेर उनीमाथि रड प्रहार गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि चार जनाको समूहले मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो । आक्रमण गर्ने समूहका ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान गरिरहेको छ ।

आक्रमणमा तामाङका साथै अजय लामा, निश्चल सुनार र दीपक बरामु संलग्न रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यी तिनै जना भने अहिलेसम्म फरार छन् । अजय लामाले आक्रमण गर्न भनेपछि आफूले आक्रमण गरेको शैलेन्द्र तामाङले प्रहरी समक्ष बताएका छन् ।

हिरासतमा रहेका तामाङ र अजय लामा यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेका घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताए । आक्रमण गर्नेहरुको पृष्ठभूमि पनि आपराधिक भएकाले योजनाबद्ध रुपमा कोहीमार्फत परिचालन भएको हुनसक्ने उनले बताए । यद्यपी, प्रहरीले आक्रमणको एकिन कारण भने अहिलेसम्म खुलाउन सकेको छैन ।