२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जनताको बिचमा लोकप्रिय भए पनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । ‘लोकप्रिय मतमा नेकपा एमाले नै अगाडि छ, तर सरकार बनाउन पुग्ने मत पुगेको छैन, सरकारको नेतृत्व गरिरहेका छौँ, तर राष्ट्रको नेतृत्व गर्ने निर्णायक मत प्राप्त गरेका छैनौँ’, पोखरेलले भन्नुभयो ।

आउने चुनाव सबै दलले छुट्टाछुट्टै लड्ने निर्णय गरेको बताउँदै पोखरेलले यसको सबैभन्दा बढी लाभ नेकपा एमालले लिने बताउनुभयो । अहिले कांग्रेससँग सहकार्य गरे पनि आउने चुनावमा एमाले कांग्रेस अलग्गै चुनाव लड्ने उहाँले स्पष्ट पार्नुभयो । ‘कांग्रेससँग सहकार्य र प्रतिष्पर्धा पनि सँगसँगै छ भन्ने सच्चाइलाई बुझेर हामीले अगाडि बढ्नु पर्छ’, पोखरेलले भन्नुभयो ।

सरका परिवर्तन हुन्छ भन्ने गलत हल्ला फैलाइएको कारण जति हुनु पर्ने त्यति काम हुन नसकेको पोखरेलले बताउनुभयो । तर अहिले ती हल्ला निष्तेज भएको उहाँले प्रष्ट पार्नुभयो । ‘एमाले र कांग्रेस बिच सरकारलाई निरन्तरता दिने विषयमा गहिरो समझदारी छ, यद्यपि सरकार परिवर्तन गर्न चाहनेहरूको प्रयास जारी छ’, उहाँले भन्नुभयो ।

अहिले समाजमा फैलँदै गएको सामाजिक अराजकता ठुलो चुनौतीको रूपमा रहेको उहाँले बताउनुभयो । त्यो सामाजिक अराजकता चिर्न नसक्ने हो भने मुलुकको समृद्धि अघि बढ्न नसक्ने पोखरेलको भनाइ छ । समाजमा आशा जागृत गर्ने गरी संगठित शक्ति नलाग्ने हो भने निराशा चिन नसक्ने पोखरेलले धारणा राख्नु भयो ।

नेपालका संस्कृति मूल्य मान्यतालाई विगठन गर्ने पनि सुनियोजित प्रयास भइरहेका बताउनुभयो । विभिन्न खालका अतिवाद माथि वैचारिक रूपमा विजय प्राप्त गर्न आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।

आजको आर्थिक सङ्कटका समाधानको सामर्थ्य नेकपा एमालेसँग मात्रै रहेको पनि उहाँले दाबी गर्नुभयो । अहिले नीति, कार्यक्रम र बजेट पास भइसकेकोले धेरै काम गर्न नसकेको भए पनि आउने वर्षबाट यसलाई सुधार गरेर लैजान सकिने पोखरेलले स्पष्ट पार्नुभयो । कतिपय सुधारका सन्दर्भमा केही समेको प्रतीक्षा गर्न आवश्यक हुने पनि उहाँले बताउनुभयो ।

देशको विकासको आधार तयार गर्नको लागि सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्न आवश्यक रहेको पोखरेलले बताउनुभयो ।

मुलुकलाई अगाडि बढाउन अहिलेको अन्यौलतालाई चिर्नु पर्ने पोखरेलले बताउनुभयो । सरकारका विरुद्ध नियमित रूपमा गरिएका गलत प्रचार चिर्नको लागि एमालेले मङ्सिर ७ गते विशेष कार्यक्रम आयोजना गरेको उहाँले जानकारी दिनुभयो । एमालेले आयोजना गर्ने जागरण सभाले जनतालाई पार्टीसँग थप जोड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।