काठमाडौं । बिहीबार कोरोना संक्रमण पुष्टि भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि मुख्यमन्त्री पौडेललाई उपचारका लागि शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।
मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनलाई अहिले काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ । पौडेलको अवस्था सामान्य छ ।
होम आइसोलेसनमै बसेका मुख्यमन्त्री पौडेलको हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।