१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको हो’



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ९ को नयाँ भवन उद्घाटन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको र पहिलो गुनासो सुन्ने निकाय समेत वडा कार्यालय भएकाले महत्वका साथ पूर्वाधार निर्माण भइराखेको बताउनुभयो । उहाँले कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्न समेत नगरबासिहरुलाई आग्रह गर्नुभएको छ । यस्तै कुनैपनि क्षेत्रमा विकासका कामहरु गर्न बाँकी रहेको वा गर्नुपर्ने भएपनि वडा कार्यालय मार्फत जानकारी गराउन समेत आग्रह गर्नुभएको छ । सबै कामका लागि मेयर नै नचाहिने भएकाले वडा अध्यक्ष मार्फत आफ्ना समस्याहरु राख्न आग्रह गर्नुभयो ।

महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती कामहरुमा नगरबासिको सहयोगको अपेक्षा समेत गर्नुभयो । महानगरबासीलाई सेवा सुविधा दिनका लागि पनि वडा कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने उहाँले बताउनुभयो । त्यसैले पहिलो प्राथमिकतामा सबै वडा कार्यालयको भवनको निर्माणलाई राखिएको पनि उहाँले बताउनुभयो ।