६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी फिनकेनाउर नेपाल भ्रमणका लागि काठमाडौँ आउनु भएको छ ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने तथा लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रममा सहभागी हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

‘उनको मुख्य भूमिका युवाको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्ध स्थापना गर्नु हो। यसले लोकतन्त्रको प्रवर्द्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ,’ दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

फिनकेनाउरको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै युवालाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने दूतावासले जनाएको छ।