७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्ने बहाना बनाई ९ लाख ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले अमेरिकन डलर साट्ने बहाना बनाई ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण–३ मा बोलाई नौ लाख ठगी गरी फरार भएको घटनामा संलग्न रहेका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–३ धार्पाका २६ वर्षीय ललित बहादुर पाईन र सोही स्थानका २४ वर्षीय कृष्ण लाल पाईन रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार गोकर्णेश्वर–४ बाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ ।