१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

घण्टाघर छोडेर एमालेमै फर्किए रामवीर मानन्धर



अ+ अ-

काठमाडौं । काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद रामवीर मानन्धर करिब ३ वर्षपछि एमालेमै फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै उनी एमालेमा फर्किएका हुन् ।

मानन्धर २०४९ र २०५४ मा दुईपटक १६ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए । २०७० र २०७४ मा सोही क्षेत्रबाट सांसद जितेका उनी दुई पटक मन्त्रीसमेत बनिसकेका छन् । पछिल्लो २०७९ को चुनावमा घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका मानन्धरले १२ सय मत पाएका थिए ।

मंसिर १६ गते हुने उपनिर्वाचनको मुखैमा उनी एमालेमा फर्किएका हुन् । उनी काठमाडौं वडा नं. १६ को वडाको चुनावी अभियानमा सक्रिय भएको जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए । मानन्धर सोमवार आयोजित १६ नम्बर वडाको उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका थिए ।

दुई पटक सोही वडाको वडाध्यक्ष भएका स्थानीय नेता मानन्धर एमालेमा फर्किएसँगै उपचुनावमा निर्णायक असर गर्ने बताइएको छ । सो वडामा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएर घरदैलो थालिसकेको छ ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त स्थानमा हुन लागेको उपचुनावमा कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ । सो वडामा बाँकि ४ सदस्य एमालेले नै जितेको छ ।

मानन्धर २०७९ को स्थानीय तह निर्वाचनदेखि नै एमालेमा निष्क्रिय भएका थिए । १६ नम्बर वडाको उम्मेदवार घोषणा सभामा एमाले नेताहरु डा. राजन भट्टराई, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पूर्वमेयर विद्यासुन्धर शाक्य, पूर्वसांसद रामवीर मानन्धरलगायतका नेताले एक साथ उभिएर लक्ष्मीरत्न तुलाधरलाई विजयको शुभकामना दिएका थिए ।




भर्खरै