२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी रहेको बताउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार नियन्त्रणमा लिएको हो ।

सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए । बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तरवार्ता लिएका पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन् ।

धमला प्रस्तोता रहेको अन्तर्वार्तामा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेका थिए ।

२०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उक्त घटनाका दोषि अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।