४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो प्रमुखको भेट

काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो प्रमुखको भेट
अ+ अ-

काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताउनुभएको छ । सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आउनु भएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागतमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा आपसी सम्बन्धका विषयमा कुराकानी गर्दै उहाँहरुले यस्तो बताउनुभएको हो ।

भेटका क्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मित्रताको चिनो स्वरुप ढाका टोपी र ‘देशे मरु झ्या:’ (देशभरि अन्त कतै नभएको झ्याल) को प्रतिकृति उपहार स्वरुप प्रदान गर्नुभयो । यस्तै मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरुप प्रदान गर्नुभयो । भ्रमण टोलीका सदस्यहरुलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ढाका टापी, पस्मिनाको सल र वुद्ध प्रतिमा उपहार स्वरुप प्रदान गर्नुभयो । मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषदका अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी हुनुहुन्छ ।

स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरुकातर्फबाट संकलन गरिएको २ लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई हस्तान्तरण गर्नुभएको थियो । गएको असोज महिनामा काठमाडौँमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खवर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम संकलन गरिएको थियो । स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिनिधि मण्डल मंगलबार काठमाडौँ आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । मंगलबार नै टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेको छ । बुधबार बसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघसंस्थाहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि भक्तपुरको अवलोकन गरेर टोली साँझ स्वदेश फर्कनेछ ।

काठमाडौं र मात्सुमोतो नगरकाबीचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्बन्ध स्थापना भएको १० औं बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँबजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो । १ करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै बर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले यसलाई आंशिक क्षति पुर्‍याएको थियो ।

२०७२ सालको भूकम्पले पुर्‍याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग गरेको थियो । त्यस रकममा जापानी जनताकोतर्फबाट संकलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो ।

मल्टिपर्पोस मार्सल आर्ट सेन्टरमा जुडो एण्ड केन्दो प्रशिक्षण हुने गरेको छ । २०७६ सालमा मात्सुमोतो नगरका तत्काली प्रमुख केन्दो खेलमा प्रयोग हुने सिनाइ ९बेतको बिशेष खालको लौरो० ६० थान र जुडो गि १० थान प्रदान गर्नुभएको थियो ।