२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविविरुद्ध रुपन्देहीमा अर्कै मुद्दा दर्ता गरिने, भैरहवामा बयानपछि काठमाडौं ल्याइने !



file photo
अ+ अ-

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

लामिछानेलाई हिजो कास्की प्रहरीको हिरासतबाट हवाईमार्ग हुँदै रुपन्देही लगिएको छ । उहाँसँग सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वबन्धक निर्देशक लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको सकूलमा अनुसन्धान गर्न भैरहवा लगिएको हो । उहाँविरुद्ध रुपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ ।

बुटवट उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेले २०७७ साल चैत १८ गते २ करोड ऋण लिएको देखिएको छ । २ करोड ऋण मध्ये संस्थाबाट सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको थियो । एक करोड रुपैयाँ छुट्टै ऋढा भने लामिछाने र रोशनी गुरुङका नामबाट ग्लाबल आइएमइ बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको थियो ।

यसै विषयमा बयानका लागि उहाँलाई भैरहवा लगिएको हो । लामछानेको बयान हिजो नसकिएकाले आज पनि हुने छ । सरकारी वकिल कार्यालयमा न्याायधिवक्ता प्रेमराज पौडेलको नेतृत्वमा बयान भएको हो । हिजो प्रारम्भिक चरणको बयान लिइएकाले आज लिपिवद्ध गरिने छ ।

कास्की प्रहरीको हिरासतबाटै भैरहवा पुर्‍याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई भने बयान गराएर हिजो नै काठमाडौं ल्याइएको छ । लामिछानेलाई पनि भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी छ ।