४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रविविरुद्ध रुपन्देहीमा अर्कै मुद्दा दर्ता गरिने, भैरहवामा बयानपछि काठमाडौं ल्याइने !

रविविरुद्ध रुपन्देहीमा अर्कै मुद्दा दर्ता गरिने, भैरहवामा बयानपछि काठमाडौं ल्याइने !
file photo
अ+ अ-

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

लामिछानेलाई हिजो कास्की प्रहरीको हिरासतबाट हवाईमार्ग हुँदै रुपन्देही लगिएको छ । उहाँसँग सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वबन्धक निर्देशक लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको सकूलमा अनुसन्धान गर्न भैरहवा लगिएको हो । उहाँविरुद्ध रुपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ ।

बुटवट उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेले २०७७ साल चैत १८ गते २ करोड ऋण लिएको देखिएको छ । २ करोड ऋण मध्ये संस्थाबाट सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको थियो । एक करोड रुपैयाँ छुट्टै ऋढा भने लामिछाने र रोशनी गुरुङका नामबाट ग्लाबल आइएमइ बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको थियो ।

यसै विषयमा बयानका लागि उहाँलाई भैरहवा लगिएको हो । लामछानेको बयान हिजो नसकिएकाले आज पनि हुने छ । सरकारी वकिल कार्यालयमा न्याायधिवक्ता प्रेमराज पौडेलको नेतृत्वमा बयान भएको हो । हिजो प्रारम्भिक चरणको बयान लिइएकाले आज लिपिवद्ध गरिने छ ।

कास्की प्रहरीको हिरासतबाटै भैरहवा पुर्‍याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई भने बयान गराएर हिजो नै काठमाडौं ल्याइएको छ । लामिछानेलाई पनि भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी छ ।