२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृहमन्त्रालय भवनको निरीक्षण



अ+ अ-

काठमाडौ । गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गर्नुभएको छ ।

मंगलवार गृहमन्त्री लेखकले सिंहदरबारभित्र गृह मन्त्रालयका लागि नयाँ बन्दै गरेको भवनको निरीक्षण गर्नुभएको हो । अत्याधुनिक प्रविधिमा बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवन बन्ने तयारीमा रहेको छ । अहिलेको गृह मन्त्रालयको भव पुरानो र साँघुरो भएसँगै नयाँ भवन बन्न लागेको हो ।

निरिक्षणको क्रममा गृहमन्त्री लेखकले नयाँ भवनलाई उज्यालो बनाउन निर्देशन दिनुभयो । उहाँले नयाँ भवन निर्माण अवधिभित्रै सम्पन्न गरी बुझाउन निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभएको छ । भवन निर्माण कम्पनी माउण्टटेण्ड सत्यश्वरका प्रतिनिधि अच्युत भण्डारीले नयाँ भवन निर्माण गर्न पाएको समय सीमाभित्रै सम्पन्न गर्ने बताउनु भयो ।

उहाँले निर्माण कम्पनीले सम्झौता गरेअनुरुप भवनको गुणस्तरीय बनाएर समयमा नै सरकारलाई हस्तान्तरण गरिने बताउनु भयो ।