२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

स्वार्थ समूहहरुले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छुः पर्यटनमन्त्री पाण्डे

स्वार्थ समूहहरुले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छुः पर्यटनमन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरुसँग कुनैपनि खालको सम्झौता नगर्ने बताउनुभएको छ ।

मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र विचौलियाहरु बलशाली देखेको उल्लेख गर्दै उनीहरुसँग कुनैपनि सम्झौता नगरी अघि बढ्ने बताउनुभएको हो । मन्त्री पाण्डेले स्वार्थ समूहहरुकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । आफूले निष्ठाको राजनीति गरिरहेको र मन्त्रीको रुपमा कौडी पनि दुरुपयोग नगर्ने उहाँको भनाई थियो । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरुसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘पहिले राजनीतिक व्यक्तिहरु शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरु शक्तिशाली भएको मैले देखिराखेको छु । स्वार्थ समूहका मतियारहरु, विचौलियाहरु बलिया भएको देखिरहेको छु । मैले ३÷४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरुले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु । म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर म के कसम खान सक्छु भने कुनैपनि नाममा मैले मन्त्री भएर घुस खाएको सुन्नुप¥यो । अथवा घुस खाएको देख्नुप¥यो भने मेरो त्यहीबेला नाश होस भन्ने त्यो संकल्प म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर म गर्न सक्छु । त्यो आत्माविश्वासका साथ म राजनीतिमा आएको छु । करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर केही विचौलियाका मतियारहरुले प्रचार गरेका छन । करोड होइन कौडी खाएको दिन म पशुपतिनाथको ढोकामा आएर आत्महत्या गर्न, त्यो आत्मविश्वास र प्रतिज्ञासँग राजनीतिमा आएको मानिस हुँ । र म यो पनि आग्रह गर्न चाहन्छु–म स्वार्थ समूहको मतियारहरुसँग, बिचौलियासँग कदापि सम्झौता गर्ने छैन ।

म देशको हितको निम्ति, राष्ट्रको हितको निम्ति, हाम्रो आफ्नो हितको निम्ति जस्तोसुकै कठोर कदम चाल्न, त्यस्ता मतियारहरुसँग लडन, भिडन, जस्तोसुकै प्रतिवाद गर्न पनि त्यो आत्मविश्वास पनि मसँग छ । म त्यो पनि यहाँहरुको बीचमा विश्वास दिलाउन चाहन्छु । म तीनधारा संस्कृत छात्राबासमा पढेको मानिस । म यस्तै परम्पराबाट हुर्केको मानिस । मैले राजनीतिलाई सेवाको रुपमा बाहेक, राष्ट्रलाई योगदान दिने भुमिका बाहेक अन्य रुपमा बुझेको छैन । अघि यहाँ गुरुले भनेर जानु भयो ।

राजनीतिक विकृति र विसंगतितिर गएको छ । त्यो सत्य हो । तर राजनीति भित्र सबै विकृत छन भन्ने कुरा त्यो पनि गलत हो । हामीले अफवाहका भरमा, हल्लाका भरमा केही कुरा पनि बोल्न हुन्न । कुन व्यक्तिले राजनीतिलाई दुरुपयोग गरिरहेको छ, कुन व्यक्तिले राजनीतिलाई निष्ठापूर्वक अवलम्वन गरिरहेको छ रु म आत्मविश्वासका साथ के भन्नसक्छु भने म स्ववियु सभापति बाल्मिकी क्याम्पसको हुँदाको मेरो जीवनशैली भन्दा रत्तिभर ममा परिवर्तन भएको छ, राजनीतिलाई दुरुपयोग गरेर मैले रत्तिभर आफ्नो जीवनशैलीलाई माथि उठाएको छु भने म माथि प्रश्न गरियोस् । म खुला कितावजस्तै प्रश्तुत हुन तयार छु । होइन भने मैले हाम्रो देशको समस्या के देखेँ भने राम्रो गर्न खोज्ने मानिसलाई पनि आरोप लगाई दिने । अनि नराम्रो गरिरहेका मान्छेहरुले राम्रो गर्न खोज्ने मानिसहरुलाई आरोप लगाईरहेको देख्दा उनीहरु आनन्द मान्छन् ।

किनभने उनीहरुले नराम्रो गरिरहेका हुन्छन् । उनीहरुको नराम्रो कुराको ढाकछोप गर्ने त्यो एउटा माध्यम बन्न जाँदोरहेछ । त्यसकारण हामीले राजनीतिलाई सुधारको बाटोमा लिएर जानुपर्नेछ । संगतिको दिशामा लिएर जानुपर्नेछ । असल संस्कृतिको दिशामा लिएर जानुपर्नेछ । त्यसका निम्ति हाम्रा निकायहरु, हाम्रो मन्त्रालय, यस अन्तर्गत धेरै निकायहरु छन । मैले पशुपति क्षेत्र विकास कोषको बैठकमा आएर कुरा राख्दा भनेको थिए–अरुलाई देशको कानून लाग्छ । तर जसले पशुपति क्षेत्र विकास कोषको हामी काम गरिरहेका छौं ।

हामीलाई देशको मात्रै होइन, भगवानको कानून पनि लाग्छ । पशुपतिनाथको ढोकामा गएर मलाई आर्शिवाद दिनुहोस भन्दै गर्दा सत्कर्मको कुरा गर्दैगर्दा यति कुकर्म गर्यौँ भने अरुलाई देशको कानून र अख्तियार मात्रै लाग्ला । तर पशुपति क्षेत्र विकास कोषमा काम गर्नेलाई अथवा म संस्कृति मन्त्रीलाई पशुपति नाथको कानून पनि लाग्छ । त्यसैले मैले राम्रो गर्दैछु भने मलाई पशुपतिनाथको आर्शिवाद लागिरहन्छ । मैले राम्रो गरेको छैन भने पशुपतिनाथको सजाय पनि मैले भोग्नुपर्छ ।’

त्यस अवसरमा मन्त्री पाण्डेले राजनीतिमा सबै गलत हुन्छन् भन्ने सत्य नभएको पनि दोहोर्याउनु भयो ।