१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते

श्रीलङ्काको बामपन्थी दल संसद्मा बहुमत ल्याउने कसरतमा

श्रीलङ्काको बामपन्थी दल संसद्मा बहुमत ल्याउने कसरतमा
अ अ+ अ-

एजेन्सी । श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पु¥याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।

कार्ल माक्र्स र चे ग्वेभारालाई आफ्नो नायकका रूपमा लिने ५५ वर्षीय राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई देशको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली निजी क्षेत्रको व्यापार र उद्योग निकायको समर्थन छ।

सन् २०२२ मा देशको आर्थिक मन्दीलाई लिएर सिर्जना भएको जनआक्रोशका कारण दिसानायकेले सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गर्नुभएको थियो ।

सिलोन चेम्बर अफ कमर्स (सीसीसी) ले आर्थिक पुनरुत्थानका लागि आफ्ना प्रस्तावहरू पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को समाजवादी एजेन्डासँग मेल खाने बताएको छ।

देशले डिसानायकेको नेतृत्वमा चीन वा भियतनामको आर्थिक मोडेलहरू पछ्याउन सक्ने व्यवसायीहरूले अनुमान गरेका छन् ।

अस्ट्रेलियास्थित भूराजनीतिक जोखिम विश्लेषण फर्म ट्रेसिंकका इमरान फुरकानले भन्नुभयो, “पहिलो कार्यकालमा पूर्ण लोकतान्त्रिक व्यवस्थाको मामिलामा भियतनामभन्दा जेभिपीले धेरै राम्रो नीति अख्तियार गर्नेछ ।”

उहाँले भन्नुभयो, “लामो समयदेखि साम्यवादी रहेको भियतनामको तुलनामा श्रीलङ्कामा प्रजातन्त्रको गहिरो जरा गडेको छ ।”

बिहीबारको संसदीय चुनावमा दिसानायकेको पार्टीले सहजै जित हासिल गर्ने र त्यसपछि उहाँका दक्षिणपन्थी पूर्ववर्ती रनिल विक्रमासिङ्घेले सुरु गरेको अलोकप्रिय मितव्ययिताका उपायहरू सहित सुधारहरू अघि बढाउने फुरकानले विश्वास व्यक्त गर्नुभएको छ ।

शेयरमा उछाल

सन् १९७१ र १९८७ मा सशस्त्र विद्रोहको नेतृत्व गरेको जेभीपीले आफूलाई राष्ट्रिय जनसत्ता (एनपीपी) भनिने व्यावसायिक समूहहरूसँगको गठबन्धनमा मूलधारको राजनीतिमा सामेल गरेको छ।

“विक्रमासिङ्घेले गरेको ऋण सम्झौतालाई अगाडि बढ्न दिएर स्थानीय र विदेशी लगानीकर्ताको विश्वास जितेकाले दिसानायकेले सुधारलाई उल्टाउने सम्भावना छैन,” फुरकानले भन्नुभयो ।

दिसानायकेको जितपछि कोलम्बो स्टक एक्सचेन्जको ‘अल शेयर प्राइस इन्डेक्स’ १६.६५ प्रतिशतले बढेको छ।

दिसानायकेले विशाल छिमेकी भारत र देशको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसँग पनि घनिष्ठ सम्बन्ध कायम राख्नुभएको छ ।

करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको सानो तर रणनीतिक दृष्टिले हिन्द महासागरटापुमा अवस्थित श्रीलङ्कामा भारत र चीन दुवैले प्रभाव जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

संसदको २२५ सिटका लागि आठ हजार ८८० उम्मेदवारका लागि बिहीबार बिहान ७ ः०० बजे मतदान सुरु हुनेछ । निर्वाचन अनुगमनकर्ताले मतदातामा राष्ट्रपति निर्वाचनको तुलनामा कम उत्साह देखिएको बताएका छन् ।

निजी निगरानी समूह पिपुल्स एक्सन फर फ्रि एन्ड फेयर इलेक्सन ९पाफल० ले राष्ट्रपति चुनावमा देखिएको ८० प्रतिशतभन्दा कम मतदान हुन सक्ने जनाएको छ ।

पाफ्फ्रेलकी प्रमुख रोहना हेटियाराचीले विपक्षी दलका थोरै उम्मेदवार सक्रिय भएकाले नतिजालाई पूर्वनिर्धारित निष्कर्षका रुपमा हेरिएको बताउनुभयो ।

दिसानायकेको पार्टीले निवर्तमान विधायिकामा केवल तीन सिट मात्र जितेको भएपनि यस पटकको संसदीय निवाचनमा यसलाई अत्यधिक वृद्धि गर्ने अनुमान गरिएको छ ।