२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छः अध्यक्ष थापा



अ+ अ-

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताउनुभएको छ ।

आईतवार वीरगञ्जमा पार्टीको तराई—मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरुले सँगै अघि बढाइरहेको बताउनु भयो । उहाँले अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको बताउनु भयो । उहाँले तराई÷मधेस उत्थानको महत्वपूर्ण मुद्दाका रुपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको बताउनु भयो । उहाँले विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश अहिले संकट नै संकटको चक्रव्युहमा फसेको छ । त्यसको प्रभाव स्वभाविक रुपले तराई÷मधेसमा पनि परेको छ । तराई/मधेसको उत्थानको कुरा गर्दा राष्ट्रियस्तरमा रहेको संकटलाई ध्यान दिनुपर्छ । तराई÷मधेस उत्थानको एउटा महत्वपूर्ण मुद्दाका रुपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु पनि एउटा महत्वपूर्ण र अभिन्न अंग हुनुपर्छ । विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्छ । सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्छ । राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ । हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई पनि सँगै अघि बढाउनेछौँ ।’

अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन शुरु भएसँगै प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा मन्त्रीपरिषद्ले गरेका अनियमितता र भ्रष्टाचार छानविन गर्नसक्ने अधिकार सम्पन्न निकायका लागि संविधान संशेधन हुनुपर्ने बताउनु भयो ।