२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । यू -१९ महिला टि–२० विश्वकप छनोटको चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ । नेपालकी कप्तान पूजा महतोको शानदार शतकमा नेपालले कुवेतलाई विशाल लक्ष्य दिएको हो ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा जारी खेलमा पूजाले ६९ बलमा १२३ रनको ऐतिहासिक इनिङ खेलिन् । पूजाले आफ्नो इनिङमा १७ चौका प्रहार भने उनले २९ बलमा अर्धसतक र ५७ बलमा सतक प्रहार गरिन् । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो ।

तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनबीच ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए । यू-१९ महिला क्रिकेटमा यो सबैभन्दा ठूलो साझेदारीको रेकर्ड हो । सोनी ३३ बलमा ४३ रन बनाएर अविजित रहिन् ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।