२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । यू -१९ महिला टि–२० विश्वकप छनोटको चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ । नेपालकी कप्तान पूजा महतोको शानदार शतकमा नेपालले कुवेतलाई विशाल लक्ष्य दिएको हो ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा जारी खेलमा पूजाले ६९ बलमा १२३ रनको ऐतिहासिक इनिङ खेलिन् । पूजाले आफ्नो इनिङमा १७ चौका प्रहार भने उनले २९ बलमा अर्धसतक र ५७ बलमा सतक प्रहार गरिन् । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो ।

तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनबीच ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए । यू-१९ महिला क्रिकेटमा यो सबैभन्दा ठूलो साझेदारीको रेकर्ड हो । सोनी ३३ बलमा ४३ रन बनाएर अविजित रहिन् ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।