२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई रुपन्देही लगिँदै



file
अ+ अ-

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्कीबाट बुटवल लगिँदै छ ।

लामिछानेलाई बयानका लागि रुपन्देहीको बुटवल लग्न लागिएको हो ।

बुद्ध एयरको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । उनलाई पोखरा विमानस्थलमा पुर्‍यााइको छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि रुपन्देही प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो । रवि माथि अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।